जिप्रकाबाट अनुमति नपाएपछि युवासंघको भोलिको र्‍याली स्थगित

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । एमालेनिकट युवा संघले भोलि काठमाडौंमा आयोजना गर्ने भनेको र्याली स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता देखाउँदै अनुमति नदिएपछि र्याली स्थगित गरिएको हो ।
युवा संघका उपाध्यक्ष विनय शाहले भोलि र्याली नगर्ने निर्णय भएको बताए ।
उनले भने, ‘जिप्रकाले सुरक्षाका कारण अनुमति दिएन र हामीलाई पनि त्यस्तैखाले सूचनाहरु आएको छ । त्यसैले भोलि र्याली नगर्ने निर्णय गरिएको छ ।’
युवासंघले केही बेरमा पत्रकार सम्मेलन गर्दै जिप्रकाको निर्णयका विषयमा औपचारिक धारणा राख्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?