तनहुँ । तनहुँको आँबुखैरेनीमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । शुक्रवार राति ११ः४५ बजेको समयमा तनहुँ ऑबुखैरेनी गाउँपालिका वडा नं. ३ खत्रीटोल स्थित भित्री सडक खण्डमा ग.२६ प. २२११ नं. को मोटरसाईकल खत्रीटोलबाट पृथ्वी राजमार्ग तर्फ जाँदै गर्दा आँफै अनियन्त्रित भई घरको भित्तामा ठक्कर खाई दुर्घटना भएको हो । घाईते भई उपचारको लागी आँबुखैरेनी अस्पताल तनहुँ पुर्याईएको थियो । मृत्युु हुनेमा मोटरसाईकल चालक रुपन्देही बुटवल खैरहनी घर भई हाल जिल्ला तनहुँ ऑबुखैरेनी २ बसपार्क बस्ने बर्ष अन्दाजी २८ को बिजय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा पछाडी सवार गोरखा शहिदलखन गाउँपालिका वडा नं. ९ घर भइ हाल जिल्ला तनहुँ ऑबुखैरेनी ३ बस्ने बर्ष अन्दाजी २२ को बिप्लप गुरुङ्ग बायाँ आँखा माथी र शरिरमा भित्री चोट लागेर अवस्था गम्भीर भएकाले ऋःऋ चितवन रिफर गरिएको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।








