तनहुँ । तनहुँको डुम्रे बजार नजिक बिमल नगरमा भएको सवारी दुर्घटनामा घाईते गोरखाका २८ बर्षिय युवाको मृत्यु भएको छ । आज दिउसो करिब १२ः १० बजेको समयमा बन्दीपुर गाउँपालिका वडा नंं ४ बिमलनगर स्थित पृथ्वी राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा घाईते गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं. ७ बस्ने २८ बर्षिय पुनराम गुरुङको मृत्यु भएको हो । आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नं. को बस र बिपरीत दिशा तर्फ जाँदै गरेको ग २६ प ९२८७ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक पुनराम गुरुङ र स्कुटर पछाडी बस्ने सोहि ठाउँका बस्ने करिब ३२ को मनोज गुरुङ घाईते भएका थिए । घाईते पुनराम गुरुङ दुबै खुट्टामा चोट लागि अवस्था सिरियस रहेको थियो भने स्कुटरमा पछाडि सवार मनोज गुरुङको पनि टाउकोमा चोट लागि अवस्था लागि सिरियस नै रहेको थियो । निजहरुलाई उपचारको लागि डुम्रेमा उपचारको लागि पठाईएको र थप उपचारको लागि सिएमसि भरतपुर चितवन रिफर गरिएको थियो । रर सोहि अस्पतालमा उपचारका क्रममा घाईते पुनराम गुरुङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।








