तनहुँ । हालसालै स्तारोन्नति भइरहेको पृथ्वी राजमार्गमा दैनिकजसो सवारी दुर्घटना भएका छन् । आज बिहान तनहुँको गुणार्दीमा मोटरसाईकल दुर्घटनामा २ जना घाईते भएका छन् । आज बिहान करिब ८ २५ को समयमा तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नं. १ तल्लो गुणादी स्थित पृथ्बीराजमार्गमा पोखराबाट दमौली तर्फ जाँदै गरेको बा.प्र.०२(.०५१ प ९३४७ नं. को मोटरसाईकल दुर्घटनामा नियन्त्रण गुमाइ सडक छेउको रेलिङमा ठक्कर खाइ दुर्घटना भएको हो । उक्त दुर्घटनामा धादिङ जिल्ला गल्छि गाउँपालिका ४ का १९ बर्षिय निश्चल अधिकारी र नुवाकोट बिदुर नगरपालिकाका चुच्चेका २३ बर्षिय प्रदिप नेपाल घाईते भएका छन् । दुर्घटनामा मोटरसाईकल चालक अधिकारीको दुबै हात र खुट्टामा चोट लागेको छ भने मोटरसाइृकलमा पछाडि सवार नेपालको बाया गाला र नाकमा चोट लागेको छ । घाईतेहरुलाई उपचारको लागि दमौली पठाईएको र निजहरुको अवस्था मध्या रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । साथै उक्त दुर्घटनाको क्रममा अचानक आगो लाग्दा मोटरसाईकल जलि पुर्ण रुपमा क्षती भएको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।








