८३ हजार ग्राहकलाई सन्तोषजनक सेवा दिईरहेको ने.वि. प्राधिकरण तनहुँ बितरण केन्द्रका प्रमुख ई. विजयराज रेग्मीको जिकिर

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । पछिल्लो समय कास्की लेखनाथको वितरण केन्द्र अन्तर्गत रहेका २ नगरपालिका र २ गाउँपालिका समाहित भएपछि नेपाल विद्युत प्राधिकरण तनहुँ बितरण केन्द्रले ८३ हजार उपभोक्तालाई सेवा दिईरहेको नेपाल विद्युत प्राधिकरण तनहुँ बितरण केन्द्र प्रमुख ईं. विजयराज रेग्मीको भनाई रहेको छ । इंन्जिनियर रेग्मीले केन्द्रको नीति तथा निर्देशनलाई पालना गर्दै विद्युत सेवालाई कसरी ग्राहक मैत्री बनाउने भनेर आफु लागिपरेको बताएका छन् । उन्ले तनहुँमा विद्युतको शुल्क नतिर्ने जुनसुकै ग्राहकको लाईन काटिएको पनि बताएका छन् । बर्खाको समयमा भौगोलिक कारणले केहि मिनेटमा नै जताततै सेवा दिन नसकेपनि छिटोभन्दा छिटो सेवा लिने, काठमा पोलहरु फेर्ने, नांगा तारहरुको व्यवस्थापन गर्ने कुरामा नेपाल विद्युत प्राधिकरण तनहुँ बितरण केन्द्रले उल्लेखनिय काम गरेको ईन्जिनियर रेग्मीको भनाई छ । पृथ्वी राजमार्ग बिस्तारकाक्रममा विजुलीको पोल व्यवस्थापनमा सहजिकरण नगरेर सडक निर्माणमा ढिला भएको छ भन्ने जनगुनासो छ नि ? भन्ने प्रश्नमा निर्माण कम्पनी र सडक बिभागको डिजाईन अनुसार नेपाल विद्युत प्राधिकरणले पोल गाड्ने भएकोले घर नभत्काएको ठाउँमा विवाद आएको ठाउँमा आफुहरुले केहि गर्न नमिल्ने ईन्जिनियर रेग्मीले बताएका थिए । साथै उन्ले सडक विभागको डिजाईन अनुसार पोल गाड्ने काम बाहेक अन्य भुमिकामा नेपाल विद्युत प्राधिकरण नहुने पनि बताएका थिए ।
ग्राहकको सेवाको लागि नेपाल विद्युत प्राधिकरण तनहुँ बितरण केन्द्र चौविसै घण्टा तयार रहेको बताउदै झिलिमिलीको पर्व तिहारको बेला भएकोले पनि ढुक्कसग र सावधानीपूर्व विद्युत उपभोग गर्न पनि ईन्जिनियर रेग्मीले आग्रह पनि गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?