तनहुँ । तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं. ५ याम्पाफाँटमा रहेकाे आँदिमूल तरकारी उत्पादक कृषि सहकारीको १९ औं साधारणसभा सम्पन्न भएकाे छ ।
कृषि सहकारी संस्थाका अध्यक्ष टिकाराम लामिछानेकाे अध्यक्षतामा भएकाे साधारणसभाकाे अवसरमा उत्कृष्ट १० जना कृषकहरुलाई पुरस्कृत गरिएकाे थियाे ।
सहकारीले विगत लामाे समयदेखि कृषकहरुका लागि वीऊ मल समेत सुपथ मूल्य पसल संचालन गरिरहेकाे छ । वि.सं २०६२ सालमा स्थापना भएकाे सहकारी संस्थामा १६४ जना शेयर सदस्य रहेका छन् ।
उक्त सहकारी संस्था स्थापना गर्नका लागि समाजसेवी एवं पर्यटन ब्यवशायी सन्तकुमार श्रेष्ठले करिव १ राेपनी जग्गा दान दिनु भएकाे थियाे ।
(डिपि अधिकारीको सहयोगमा तयार)








