तनहुँ । गाउँमा अहिलेसम्म हुन नसकेको बिकासको लागि आफुले सक्दो पहल गर्ने ईन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । सुरुङ्गविज्ञको रुपमा चर्चित उर्जा तथा जलश्रोत विज्ञ ईन्जिनियर श्रीराम न्यौपाने तनहुँको घिरिङ्ग गाउँपालिका वडा नं. ३ ग्याजामा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुदै ईन्जिनियर न्यौपानेले उक्त भनाई व्यक्त गरेका हुन् । उक्त अवसरमा ईन्जिनियर न्यौपाने प्रशस्त सम्भावना भएको घिरिङ्ग बिकास निर्माण पछाडि पारिएको र यहाँ रहेका दलित, आदिवासी, जनजाती तथा सम्पूर्ण घिरिङ्गबासीको लागि आफु काम गर्न ईच्छुक रहेको बताएका थिए । ग्याजाको जुनतारा युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा ई. न्यौपानेले आफु तनहुँको छोरो, बिकासप्रेमी र समाजसेवी व्यक्ति भएको कारण गाउँका समस्याहरुको समाधानका लागि पहल गर्ने जानकारी दिएका थिए ।
ग्याजाको जुनतारा युवा क्लबका अध्यक्ष संजिव नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज अधिकारी, हरि लम्साल, टुकराज नेपालीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।








