तनहुँमा नेपाल तरुण दलले ७३औं स्थापना दिवस कार्यक्रम गरि मनाउने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आफ्नो ७३औं स्थापना दिवस कार्तिक १० गते मनाउने भएको छ।
दमौलीको अनसन चौतारीमा गरिने तरुण पुरस्कार वितरण र चियापान कार्यक्रम आयोजना गरिएको नेपाल तरुण दल तनहुँका सचिव सुबोध वाग्लेले जानकारी दिए। कार्यक्रममा नेपाली कांग्रेसका नेता, युवा कार्यकर्ता, स्थानीय समाजसेवी र सर्वसाधारणको उपस्थिति रहने पनि वाग्लेले जानकारी दिएका छन् ।
नेपाल तरुण दलले आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकता प्रति समर्पित रहँदै देशभरका युवालाई संगठित गर्दै आएको छ। स्थापना दिवसको अवसरमा आयोजना हुने उक्त कार्यक्रमले संगठनभित्र एकता र उत्साह थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम आगामी कार्तिक १० गते शनिबार दमौलीको अनसन चौतारीमा हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?