सीसीटीभी जडान गर्दा करेन्ट लागेर ३१ बर्षिय अर्जुनको ज्यान गयो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् ।
आइतबार राति करिब साढे १० बजेतिर घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए ।
महताराले केही म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?