व्यास ५ चिन्तुटारको शुक्र आधारभुत बिद्यालयमा विद्यार्थीहलाई न्यानो कपडा वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. ५ चिन्तुटारमा रहेको शुक्र आधारभुत बिद्यालयमा विद्यार्थीहरूलाई न्यानो कपडाहरु वितरण गरिएको छ । सामाजिक अभियन्ता महम्मद गफ्फार(सुदिप) र समुहले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको ७३ हजार रुपैयाबाट उक्त विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई स्वीटर ,टोपी र मोजा वितरण गरिएको हो । ब्यास ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ (हिमाल) ले प्रमुख अतिथिकिो रुपमा उपस्थित भई उक्त बिद्यालयमाअध्ययनरत ३० जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गरेका हुन् । उक्त अवसरमा प्रमुख अतिथि श्रेष्ठले मानव सेवा नै सबै भन्दा ठुलो धर्म रहेको उल्लेख गर्दै तिहारमा देउसी भैलो खेलेर गरिब र जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा बितरण कार्यको प्रसंशा गर्दै यस्ता कार्यलाई हामी सबै मिल्लेर सहयोग गर्न आवशयक रहेको बताए ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक टिकाराम दाहालले सामाजिक जिम्मेवारी बोध भएका युवाहरूले शिक्षा क्षेत्रमा देखाएको सहयोग प्रशंसनीय छ। यस्तो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको रुचि बढाउँछ र उनीहरूमा आत्मबल पनि जगाउँने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?