तनहुँको व्यासका मेयर बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय संस्था UCLG ASPAC को सदस्यमा निर्वार्चित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको  व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था United Cities and Local Governments Asia Pacific (UCLG ASPAC) को Executive Bureau र Council Member का रूपमा २०२५–२०२७ कार्यकालका लागि निर्वाचित भएका छन्।
UCLG ASPAC ले अक्तोबर २०, २०२५ मा पठाएको आधिकारिक पत्रमार्फत नगरप्रमुख न्यौपानेलाई बधाई ज्ञापन गर्दै व्यास नगरपालिकाको अनुभव, दक्षता र दृष्टिकोणले सम्पूर्ण Asia-Pacific क्षेत्रमा स्थानीय सरकारहरूको सशक्तिकरण र सहयोग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
पत्रमा Secretary General Dr. Bernadia Irawati Tjandradewi ले लेखेकी छिन्, “The election of Vyas Municipality as the Executive Bureau and Council member signifies the trust and assurance that the members in Southwest have placed in Vyas Municipality’s capabilities.”
UCLG ASPAC एशिया–प्रशान्त क्षेत्रका नगर र स्थानीय सरकारबीच नीति निर्माण, संवाद र दिगो विकासका लागि प्रमुख प्लेटफर्म हो। यस संस्थाले स्थानीय सरकारहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र नीति निर्माणमा प्रभाव पार्ने काम गर्दै आएको छ।
नगरप्रमुख न्यौपानेको यो चयनले व्यास नगरपालिकाको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने र नगरका विकास योजनाहरूलाई विश्वव्यापी सञ्जालसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
UCLG ASPAC को 10th Congress हालै Goyang Special City, Republic of Korea मा सम्पन्न भएको थियो। यस अवसरमा व्यास नगरपालिका Executive Bureau र Council Member को रूपमा निर्वाचित भएको हो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?