तनहुँ । तनहुँको अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँकी नेतृ संगीता पाठक राष्ट्रिय अपाङ्ग माहासंघ गण्डकी प्रदेश सदस्यमा निर्बिरोध निर्बाचित भएकि छिन।
राष्ट्रि अपाङ्ग महासंघ नेपालको मिति २०८२ साल कार्तिक १४ र १५ गते पोखरामा सम्पन्न गण्डकी प्रदेशको तेस्रो अधिबेशन बाट राष्ट्रिय अपाङ्ग माहासंघ नेपालको अधिबेशन बाट पाठक निर्बिरोध निर्बाचित भएकि हुन। महाधिवेशनमा गण्डकी प्रदेश मातहतका जिल्लाभरका अपाङ्गता क्षेत्रका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्बाचित समिति अनुसार नयाँ कार्यसमितिले अपाङ्गता अधिकार, नीति नियम पहुँचयुक्त बिकासका क्षेत्रमा दीर्घकालीन योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।
पाठक निर्बाचित भएपछि प्रदेश भरका अपाङ्गता क्षेत्रको नेतृत्व बिच सहकार्य अपाङ्गतामैत्री बाताबरण निर्माणमा योगदान रहने बताएकी छिन।








