तनहुँ / तनहुँको आँबुखैरी बजारमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २ दिन लम्बिको छ । प्रतिकुल मौसमका कारण श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको म्याद २ दिन थप गरिएको छिम्केश्वरी – बुढी देवी माई श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितीले जनाएको छ । कार्तिक १५ गतेका दिन समापन गरिने भनिएकोमा अब महायज्ञको समापन कार्यक्रम यही कार्तिक १७ गते सोमबार तय गरिएको पनिसम्पूर्ण भक्तजन र महानुभावहरुलाई श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितीले जानकारी गराएको छ । छिम्केश्वरी – बुढी देवी माई मन्दिर क्षेत्रको बिकास गर्ने लक्ष्यका साथ गरिएको सप्ताह महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले भागवत वाचन गर्नुभएको छ ।








