व्यास १० दुम्सिको डेरी भवनको सांसद श्रेष्ठद्धारा शिलन्यास

  • ख-
  • ख+

तनहूँ । संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले व्यास नगरपालिका वडा नं. १० दुम्सिमा रहेको दुम्सि दुग्ध उत्पादक कृषि सहकारी लिमिटेडको भवनको सिलन्यास गर्नुभएको छ । उक्त भवनको सिलन्यास गर्दै सांसद श्रेष्ठले जनताको पिरमर्कामा आफुले सधै साथ दिदै आईरहेकोमा दुम्सिक्षेत्रका किसान दाजुभाईको सहयोगकोे लागि आफुले यो रकम विनियोजन गरेको बताउनुभएको थियो । उक्त अवसरमा वहाँले सधै जनताको सेवामा खटिईरहने हुदाँ सुखदुःख मा साथ दिने पनि बताउनुभएको थियो ।
२१ लाखमा निर्माण गरिने उक्त भवन माननीय श्रेष्ठबाट स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम अन्र्तगत विनियोजित गरिएको १५ लाख र बाँकी ६ लाख आन्तरिक श्रोतबाट खर्च गरिने उक्त अवसरमा बताईएको थियो । जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त भवन निर्माण पश्चात दुध संकलनको लागि सहज वातावरण बन्ने उक्त अवसरमा बताईएको थियो ।

संस्थाका अध्यक्ष तुलसीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्तममा व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटा, व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । संस्थाका व्यवस्थापक दयाराम शर्माले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा भवन निर्माण समितिका अध्यक्ष कृष्ण पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

दुध संकलन गर्न किसानहरूको लागि दुध भवनको आवश्यकता देखिएको माननीय श्रेष्ठबाट स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम अन्र्तगत रु १५ लाख बजेट विनियोजन गरिएको जनाईएको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?