राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान तनहुँको अध्यक्षमा गायिका शुभद्रा श्रेष्ठको दावी

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान तनहुँको अध्यक्षमा गायिका शुभद्रा श्रेष्ठको दावी गरेकी छन् । कार्तिक १९ गते हुन लागेका अधिवेशनमा श्रेष्ठले अध्यक्ष पदको दावि गरेकी हुन् । विगत नौ बर्षदेखि प्रतिष्ठानको कोषाध्यक्ष पदमा रहेकीले शुभद्रा कलाकारको हकहितका लागि अझ कटिबद्धता साथ लाग्न पनि आफ्नो उमेदवारी रहने बताएकी छन् । विगत २० बर्षदेखि लोक दोहोरीक्षेत्रमा लागेकी श्रेष्ठले दर्जनौं गितहरुमा स्वर दिनका साथै मेला महोत्सवहरुमा बाक्लो सहभागीता जनाउने गरेकी छन् । दमौली बजारको गणेशमानचोकमा १० बर्ष देखि सेति मादी लोकदोहोरी साँझ संचालन गरेकी श्रेष्ठले दर्जनौं कलाकारहरुलाई रोजगारी दिनुका साथै स्थानीय कलाकारहरुलाई हौसला प्रदान गर्ने गायिकाका रुपमा परिचित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्