तनहुँ । तनहुँको ऋषिगं गाउँपालिका वडा नंं ८ को श्री शिव सरस्वती मा.वि.मा शैक्षिक उन्नतिमा सहयोग गर्न ईन्जिनियर श्रीराम न्यौपाने विद्यालय भ्रमण गरेका छन् । तनहुँको भानु नगरपालिका सेपा बगौंचाका ईन्जिनियर न्यौपानेले आफु पनि लामो समयसम्म बिशेष गरि प्राविधिक शिक्षातर्फ जोडिएको र शिक्षाक्षेत्रको उन्न्तीको लागि हरतरहले सहयोग गर्दै आईरहेकोले विद्या लय र बिद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्याउने मनसायले विद्यालयको भ्रमण गरि योजना बनाउन विद्यालयमा आएको बताएका थिए । उक्त अवसरमा ईन्जिनियर न्यौपानेले व्दिालयलाई शिक्षण पद्धतिलाई नयाँ युग सुहाउदो बनाउन आफुले चाहेको बताएका थिए । उक्त अवसरमा वडा नं. ८ का अध्यक्ष भरतकृष्ण श्रेष्ठले शिक्षाप्रेमी व्यक्तित्व ईन्जिनियर न्यौपानेबाट विद्यालयले लाभ लिनुपर्ने बताएका थिए । उक्त अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षकहरुले ईन्जिनियर श्रीराम न्यौपानेबाट पाउने प्रविधि सहयोगले विद्यार्थीको शैक्षिक स्तरमा सुधार आउने आशा व्यक्त गरेका थिए । उक्त अवसरमा ईन्जिनियर न्यौपानेले केहि दिनमा नै आफु र आफ्नो टोली सहयोग लिएर उपस्थित हुने बताएका थिए । ईन्जिनियर न्यौपाने नेपालका विभिन्न ईन्जिनियरिगं कलेज स्थापना गर्ने र अध्यापन गराउने व्यक्ति तथा सुरुगं ईन्जिनियरका रुपमा परिचित छन् ।








