तनहुँ। तनहुँको व्यास नगरपालिका वडा नंं २ महम्मद गफ्फार (सुदिप) र समुहले कपडा बैंक स्थापना गरेर आर्थिक रूपमा कमजोर व्यास-११ ओडारे स्थिति चेपाङ्ग समुदायलाई कपडा वितरण गरेको छ ।
गफ्फारले सन्चालनमा ल्याएको कपडा बैंक मार्फत व्यास (१ १ स्थित राम्चे ओडारेका बिप्पन्न चपान्ङ समुदायको ४२ घर धुइरि रहेको समुदायमा रु २५००० बरवारको न्यानो कपडा बितरण गरिएको छ । तिहारमा देउसी भैलो खेलेर उठेको रकम बाट नयाँ कपडा बितरण र स्च्छुक दाताहरुबाट आएको संकलनमा आएका लगाउन मिल्ने कपडा बितरण गरेको सामाजिक काममा सक्रिय गफ्फारले जानकारी दिए ।
व्यास बगरपालिकाका वडा सदस्य गकुल दुराले भौगोलिक हिसावले बिगत र चेपाङ्ग समुदायलाई गरिएको सहयोग सरहानिय रहेको उल्लेख गर्दै धन को धनी धेरै भएता पनि मन धनी कम मात्रमा रहने बताउदै सदस्य दुराले थोरैमा पनि बाँडेर खाने बानी रहेको उलेख गरे।
राम्चे ओडारे टोल बिकास संस्थाका अध्यक्ष रन्त बहादुर चपाङ्गले राज्यको नजारबाट पिछडिएको चेपाङ्ग समुदायलाई जाडो मौसम लागेसँगै न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।








