तनहुँ । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान तनहुँको अध्यक्षमा विश्व बुढा परियार निर्वाचित भएका छन् । आइतबार दमौलीमा भएको
प्रतिष्ठान तनहुँको अधिवेशनमा परियार अध्यक्षमा विजयी भएका हुन् । परियारले अध्पक्ष पदकी प्रतिष्पर्धी शुभद्रा श्रेष्ठलाई पराजित गरेका हुन् । उकत अधिवेशनमा अध्यक्ष बाहेकका सबै पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।
उनीहरुमा प्रथम उपाध्यक्ष अनुराग थापा मगर, द्वितीय उपाध्यक्ष दीपक राई, महिला उपाध्यक्ष सावित्रा हड्खले, सचिव सूर्यप्रसाद छिमाल, कोषाध्यक्ष अमृतबहादुर गन्धर्व, सहसचिव रामचन्द्र गौली, सह–कोषाध्यक्ष थम माया वि.क. का साथै सदस्यहरुमा केशव अजिडगर, बिमला दरै, आशा दरै, अतिना विक, कमल आले, मनु थापा मगर, जस्मोती गुरुङ, बुद्धि बहादुर पराजुली (विष्णु), अश्मी गुरुङ, शोभा थापा, ईश्वर परियार र देउ माया विक चयन भएका छन् ।








