तनहुँ । ब्यास १३ बेलवास स्थित रहेको सिद्धबेनी मा.बि. हातामा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षाका बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई मिष्ठान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
ब्यास नगरपालिका अपाङ्गता लेखाजोखा संयोजक ईश्वर बास्तोलाको अध्यक्षतामा युवा समाजसेवी रन्जन गुरुङको प्रायोजनमा मिष्ठान भोजन तथा शैक्षिक सामग्री बितरण गरिएको छ। बिधालयका स्रोत कक्षामा रहेका १० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु मध्ये छात्रा ४ जना छात्र ६ जना छात्रहरुलाइ न्यानो कपडा तथा मिष्ठान्न भोजन प्रदान गरिदा बिद्यार्थीहरु उत्साहित भए।
लेखाजोखा संयोजक ईश्वर बास्तोलाले बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुसग सगै बसेर न्यानो माया र मिष्ठान्न भोजन ग्रहण गर्दा बिद्यार्थीहरुको खुसी अलौकिक अनुभुती भएको बताए। साथै समाज सेवाको पाटाेको बाटोमा युवा अभियान्ताहरु जागेका छन।बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाइ शिक्षाको क्षेत्रमा ज्ञान, सिप, प्रवृत्ति सुधारमा नयाँ नौलो आयामबाट सिकाइमा उत्प्रेरित गर्नुपर्ने बताए।
युवा समाज सुधारक रन्जन गुरुङले मनले चाहेर बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ देख्दा सकेको सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेको बताए।
सिद्धबेनि मा.बि.का प्रध्यानाध्यापक रोदन थापाले दानीलाईनी हानि हुदैन आफ्नो भित्री हृदय अन्तस्करण बाट बिधालयको स्रोत कक्षामा रहेका बौद्धिक अपाङ्गता बिद्यार्थीहरुलाइ सहयोग गर्ने मनकारी रन्जन गुरुङलाई धन्यवाद प्रक्रट गरे।
कार्यक्रम संचालन स्रोत शिक्षक बिना श्रेष्ठले गरेेकी थिईन् ।








