तनहुँका युवामा व्याडमिन्टन खेलको आक्रर्षण वढ्दो , प्रतियोगितामा प्रदिप न्यौपानेको समूह विजयी

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ, १ मसिर । तनहुँका युवाहरूमा यतिवेला व्याडमिन्टन खेलप्रति निकै आक्रषण वढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागन्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानि, भिमाद नगरपालिकाको भिमाद वजार, म्याग्दे गाउँ पालिकाको थर्पु,थयरेमा व्याडमिन्टन खेलका लागि कभर्डहल वनेपछि खेल खेल्न युवाहरूको आक्रषण वढेको हो । नियमित रूपमा विहानदेखि रातिसम्म फुर्सदको समयमा आफुलाई स्वास्थ्य र तन्दुरुस्त राख्नका लागि युवाहरू जोडि मिलाएर व्याडमिन्टन खेल्ने गर्दछन । यस खेल निकै महगो खेल भएपनि तनहुँका युवाहरूमा रूचिको पहिलो वन्ने गरेको खेलाडीहरूले वताएका छन् । युवाहरू ४ जनाको जोडि मिलाएर खेल्न सकिने र छोटो समयमा धेरै पसिना आउने भएकाले यसखेलमा युवाहरू पछिल्लो समयमा आकर्ष्ण वढेको प्रशिक्षक तथा खेलाडि विपिन घले वताउनुहुन्छ । तनहुँका स्थानिय तहहरूले लगानी गरेर कभर्डहल निर्माण गरेपछि भित्र खेल्ने खेल भएकाले हावा,पनि,घाम तथा अन्य समयमा पनि यस खेल खेल्न सकिने व्यास नगरपालिकाका योजना शाखा प्रमुख भेषराज तिवारी बता ।
तनहुँको शदरमुकाम दमौलीमा युवा खेलाडि नरेन्द्र कुमार श्रेष्ठले आफ्नो हजुरवुवाको सम्झनामा स्वार्गिय मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्दा ७६ टिमले सहभागिता जनाएका थिए । तनहुँको बाह्रबिसे युवा क्लवको आयोजनामा यहि कार्तिक २८ र २९ गते दमौलीमा सप्पन्न स्व। मनि सुन्दर स्मृति तनहु २०८२ कपमा डि लेभल तर्फ ५७ टिम मध्येवाट दमौलिका प्रदिप न्यौपाने र सुर्य वहादुर क्षेत्रीले ब्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधि हात पार्न सफल भएका थिए । प्रथमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरि कार्यालय तनहुँका प्रमुख टेक वहादुर कार्कीले नगद २० हजार, प्रमाणपत्र, ट्रफि र मेडल हस्तान्तरण गरेको थिए । त्यस्तै, प्रतियोगितामा वि लेवलको खेलमा २७ टिमले सहभागीता जनाएकोमा भिमादका सरोज गुरूग र सुरज रानाको टिमले प्रथम उपाधि हात पारेको छ । रानाको टिमले नगद ३० हजार, ट्रफि,मेडल र प्रमाणपत्र पाएको छ । यसरी तनहुँ जिल्लामा व्याडमिन्टन खेलको आयोजना गर्दा यति धेरै सख्यामा जिल्लाका मात्र टिमले भाग लिएको यो पहिलो खेल रहेको खेलाडी रामकृष्ण क्षेत्रीले बताए । स्थानिय खेलाउनु पर्ने खेल व्याक्तिले खेलाएर जिल्लाका खेलाडीको प्रतिभा परिक्षण गरेकोमा निकै खुसि भएको छ खेलाडी ग्रीनडिप्लोमेन्ट वैक तनहुका प्रमुख सुदिप न्यौपाने । यसरी आयोजित खेल हेर्दा झन खेलमा रुचि वढेको न्यौपानेले बताए । म्याग्दे गाउँपालिकाले थर्पुमा म्याट सहितको र धयरेमा कभर्डहल निर्माण सम्पन्न गरि खेललाई निरन्तरता दिएको म्याग्दे गाउँ पालिका वडा न ४ का वडाअध्यक्ष दिपक कुमार श्रेष्ठले बताएका थिए । स्थानिय सरकार यतिवेला युवालाई आर्कषण गर्न विद्यालयका वालवालिकालाई समेत समावेस गरि प्रतियोगिता आयोजना गर्ने तयारि गरेको श्रेष्ठ बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?