तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ मान्द्रेकी ३ वर्षीय बालिका सन्जु तामाङको शैक्षिक जिम्मेवारी व्यास नगरपालिका वडा नं २ बागबजारका महम्मद गफ्फार सुदिपले सम्हाल्ने भएका छन्।
उनकी आमा बितिसकेकी छिन्। उनका बुबा र हजुरआमाको स्थायी आयस्रोत छैन। यस्तो अवस्थाका कारण सामाजिक अभियन्त ा गफारले कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने निर्णय गरेका छन्।
सन्जु कक्षा ५ सम्म स्थानीय विद्यालयमै पढ्नेछिन्। त्यसपछि उनले रोजेको विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाइने गफ्फारले बताए।
गफ्फारका अनुसार बालिकाका बुबा र हजुरआमा अब वृद्ध अवस्थामा पुगेका छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले बालिकाको अध्ययन सहज बनाउन आवश्यक सबै व्यवस्था आफूले गर्ने प्रतिबद्धता जनाएका छन्।








