मंसिर ५ गते ब्यास नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । यहि मंसिर ५ गते का दिन तनहुँको ब्यास नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । नगरपालिकाको सेवा प्रवाहमा सुशासन , पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम हुन लागेको हो ।
आगामी शुक्रवार नगरपालिकाको सभाहलमा बिहान ११ बजेबाट हुने कार्यक्रममा उपस्थित भै नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगाएतका विषयमा जिज्ञासा एवं गुनासो राख्न नगरपालिकाले आग्रह गरेको छ । साथै कार्यक्रममा उपस्थित हुन राजनैतिक दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजीवी , पेशाकर्मी, संघसंस्थाका प्रतिनिधि , आमा समूह, युवाक्लव, बालक्लवका प्रतिनिधि सुरक्षाकर्मी , संचारकर्मी लगाएतका सबैलाई नगरपालिकाले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?