तनहुँ । भानु नगरपालिका वडा नं. २ ठुलो बगैचाको भानु सामुदायिक विकास सहकारीले जिल्ला प्रसाशन कार्यालय तनहुँलाई १ थान प्रिन्टर र १ थान स्क्यानर सहयोग गरेको छ । भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे सहितका सहकारीका पदाधिकारी तथा पुर्व पदाधिकारीहरुले जिल्ला प्रसाशन कार्यालय तनहुँमा उपस्थित भई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । जेनजीको आन्दोलनमा जिल्ला प्रसाशन कार्यालय तनहुँमा आगजनी पश्चात प्रसाशनिक काममा असहज स्थिति श्रृजना भएकोले प्रसाशनिक काममा सहज होस् भनेर सहकारीले प्रिन्टर र स्क्यानर हस्तान्तरण गरेको सहकारीका पुर्व अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।उक्त सामाग्री हस्तान्तरणको अवसरमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, सहकारीका अध्यक्ष तोरण बहादुर अधिकारी,निवर्तमान अध्यक्ष हरिराम आचार्य , पुर्व बिष्णुप्रसाद न्यौपाने र सचिव बलराम पौडेलको उपस्थिति रहेको थियो ।








