देशमा शान्ति, सुरक्षाको वातावरण बनाउन माग गर्दै गृहमन्त्री सामु भैरव ग्रुपले गर्यो आग्रह

रिदेन मर्हजन
  • ख-
  • ख+

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष मङ्सिर ४ गते बिहिबार गृहमन्त्री समक्ष भैरव ग्रुपले देशका नागरिकको सुरक्षा, शान्ति र स्थिरता सुनिश्चित गर्नु राज्यको पहिलो तथा सर्वाधिक महत्वपूर्ण दायित्व सहित गरेको गरेको छ।
भैरव ग्रुपका प्रतिनिधि दिभेश शाक्यद्वारा हस्ताक्षरित उक्त पत्रमा राष्ट्रको स्थिरता, नागरिक सुरक्षा र सार्वजनिक विश्वास जोगाउन सरकारले सक्दो चाँडो आवश्यक कदम चाल्ने अपेक्षा व्यक्त गरिएको छ।
सो अपीलमा हाल विभिन्न क्षेत्रमा देखिएका असुरक्षाका घटनाहरू, राजनीतिक अनिश्चितता, तथा जनस्तरमा बढ्दो चिन्ताले राष्ट्रिय वातावरणमा प्रतिकूल असर पारिरहेको प्रष्ट देखिन्छ। यस्तो संवेदनशील अवस्थामा देशभर शान्ति(सुरक्षा सुदृढ गर्न आवश्यक र प्रभावकारी कदम तुरुन्तै अघि बढाइनु अत्यावश्यक छ ।
विशेषतस्
ड्ड दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेका अराजक गतिविधि नियन्त्रण,
ड्ड प्रमुख सुरक्षा निकायहरूबीच समन्वय तथा सूचनाको द्रुत आदान-प्रदान,
नागरिकको दैनिकीलाई सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउने कार्ययोजना यी सबै विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौँ ।
यसबाहेक, देशलाई दीर्घकालीन राजनीतिक स्थिरतामा उन्मुख गराउन समयमै, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन प्रक्रियालाई द्रुत गतिमा अघि बढाउनु आजको आवश्यकतामध्ये एक हो । लोकतान्त्रिक मूल्य, जनविश्वास र शासन व्यवस्थाको आधारस्तम्भका रूपमा निष्पक्ष निर्वाचनको तयारी र कार्यान्वयनलाई तत्काल प्राथमिकता दिन अनुरोध गर्दछौँ ।
राष्ट्रको हित, नागरिकको सुरक्षा, तथा समग्र स्थिरताको लागि माथि उल्लिखित कदमहरू शीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गर्दछौं ।
गृहमन्त्री समक्ष पेश गरेको भैरव ग्रुपको अपील

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?