प्रतिनिधि छनौटमा एमाले कार्यालय तनहुँमा मध्यरातमा हात हालाहालः मतपत्र भएको बक्सा गायव !

माधब पौडेल
  • ख-
  • ख+

तनहुँ । नेकपा एमाले तनहुँमा महाधिवेशन प्रतिनिधि छनौटमा तनहुँमा हात हालाहालको अवस्था श्रृजना भएको छ । हिजो क्षेत्र नंं २ को महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट भएपछि क्षेत्र नं. १ मा निर्वाचन भएको थियो र उक्त मतपत्र गणनाको क्रममा हात हालाहाल भएको हो । क्षेत्र नं १ को मतदान गर्दा सौहार्दपुर्ण रुपमा मतगणना शुरु भएकोमा देवघाट र आँबुखैरेनीको मत गणना गर्दासम्म केहि विवाद नभएकोमा भानु नगरपालिका र बन्दीपुर गाँपालिकामा गन्न शुरु भएपछि विवादले चरम रुपले लिएको थियो । बन्दीपुर गाृउँपालिका जम्मा २५७ सदस्य भएकोमा २४२ मत झरेपछि विवाद भई हात हालहालको अवस्थामा पुगेको उक्त समयमा मतगणनास्थलमा उपस्थित एक सदस्यले बताएका छन् । उत्तः समयमा मतगणना थलमा उपस्थित धेरैजनाको एउटै भनाई थियो ढिलो गरि मतदान गर्ने सूचना जारी भएको अवस्थामा कसरी ९५ प्रतिशत भन्दा बढि मत खस्न सक्छ ? त्यसैगरि भानु नगरपालिकामा पनि सिमित व्यक्तिहरुलाई एकोहोरो मत आउदा कसरी त्यस्तो हुन सक्छ भन्ने धेरैले प्रश्न गरेका थिए । राति अवेर्र अर्को सूचना जारि नभएसम्म मतगणना स्थगित गरिएको सूचना जारि गरेर मतगणना स्थगित भएपनि समाचार तयार पार्दासम्म मतगणना शुरु गरिएको छैन । यसै बिषयमा नेकपा एमाले तनहुँका एकजना नेतासग मतगणना किन शुरु भएको छैन ? भनेर प्रश्न गर्दा मतपत्र भएको बाकस घुम्न गएको बताएका छन् । उन्को कुरा अनुसार मतगणनामा असन्तुष्ट पक्षले बन्दीपुरको मतपत्र भएको बाकस बोकेर गएको बुझिएको छ ।
२०७९ मा भएको संघ तथा प्रदेशको निर्वाचनमा शर्मनाक नतिजा बेहोरेपछि उपनिर्वाचनमा झनै शर्मनाक नतिजा बेहोरेको नेकपा एमाले क्षेत्र नं. १ मा महाधिबेशन प्रतिनिधि छनौटमा देखिएको विवादले अब नेकपा एमाले क्षेत्र नम्बर १ बाट सकिने संघारमा पुगेको धेरैले अनुमान गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?