ककनी लियो  र लायन्सद्धारा  तनहुँका गफ्फारको अभियानमा सहयोग

सुशिल लामगाँदे बि.क.
  • ख-
  • ख+

 

तनहुँ । लियो क्लव अफ काठमाडौं ककनी र लायन्स क्लव अफ काठमाडौं ककनीले महम्मद गफ्फार (सुदिप) को अभियानमा सहयोग गरेका छन्।
आईतवार तनहुँको भानु नगरपालिका-६ मान्द्रे स्थित श्री कालिका प्राथमिक बिद्यालयमा अध्यन गर्ने २५ जना बिद्यार्थीलाई बिद्यालयको स्विटर र मोजा सौजन्य गरेको छ।
बिद्यालयकी प्रधानाध्यापक कल्पना अधिकारीका अनुसार बिद्यालयमा अध्ययन गर्ने अधिकांश बिद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएको र उक्त सहयोगले विद्यार्थीहरुलाई विद्यालय नियमित कक्षामा बस्न विद्यार्थीलाई सहज बनाउन सो सहयोगले महत्त्वपूर्ण भुमिका खेल्ने बताइन।
पछिल्लो समय तनहुँमा सामाजिक काममा सक्रिय रहेका गफ्फारले कमजोर आर्थिक अवस्थाका बालबालिकालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
तस्विरः सुशिल लामगाँदे बि.क.

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?