तनहुको ऋषिङ्ग, घिरिङ्गका टारहरु उपयोग नीति र तनहुँका अलपत्र योजनाका बरेमा ईन्जिनियर न्यौपानेले बुझाए कुलमान घिसिङ्गलाई बुझाए ज्ञापन पत्र

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौ । तनहु जिल्लाको ऋषिङ्ग र घिरिङ्ग गाउँपालिकाका टारहरुमा उद्दोग, कलकारखाना र स्मार्ट भिलेज बनाउनको लागि सरकारी तवरबाट पहल गर्न ईन्जिनियर श्रीराम न्यौपानेले उर्जा जलश्रोत, शहरी बिकास मन्त्री कुलमान घिसिङ्गलाई ज्ञापनपत्रमा बुझाएका छन् । ईन्जिनियर न्यौपानले भर्जिन ल्याण्डका रुपमा क्षेत्रका ऋषिङ्ग र घिरिङ्गका टारहरु पिपलटार, रुपटार, करुवाटार, अत्रौलीटार, पुट्टार लगायता टारहरुको उद्दोग, कलकारखाना बनाउदै उर्जा उत्पादन तथा खपतको लागि सरकारले पहल गर्नुपर्ने बताएका थिए। ज्ञापन पत्रमा ईन्जिनियर न्यौपानेमा कालीगण्डकी कोरिडोर नजिकै रहेका यी टारहरुमा नवलपुरको धौवजीमा रहेको फलामको श्रोतको उपयोग गरि स्टिल प्रशोधन गर्नुपर्ने त्यसबाट बर्षको करिब २ खर्ब रुपैया बाहिर जान रोकिने बताईएको छ । कालीगण्डकी कोरिडोरसग जोडिएको उक्त क्षेत्रबाट नेपालका प्रमुख शहर , छिमेकी देशहरु भारत र चिन छोटो समयमा पुग्न सकिने भएकोले उक्त स्थानलाई बिशेष ध्यान दिएर काम गर्नुपर्ने जनाईएको छ । सौर्यउर्जा, हाईड्रोजन प्लान्ट, अौधोगिक ग्राम बनाउन पहल गर्नुपर्ने ईन्जिनियर न्यौापानेले बताएका थिए । ज्ञापनपत्रमा उक्त क्षेत्रलाई उचितरुपमा व्यवस्थित गर्न सके उक्त योजनाले देशकै समग्र अर्थतन्त्रमा टेवा पुर्याउने जनाईएको छ ।
ज्ञापनत्रमा तनहुँमा अलपत्र परेका योजनाका बारेमा बिशेष गरेर भिमाद र ऋषिड्गको  श्रृङ्गपथ र घिरिङ्गगको कृष्णमार्गका र चितवन – तनहुँ जोड्ने घुमाउनेको पुललाई निर्माण सम्पन्न गर्न बिशेष पहल गर्नुपर्नुका साथै तनहुँको आँबुखैरेनीदेखि कोत्रेसम्मको पृथ्वीराजमार्गमा आकाशेपुल निर्माण, सुरक्षा लगायतका बिषयमा ध्यान दिनुपर्ने पनि ईन्जिनियर न्यौपानेले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उक्त कार्यक्रममा रास्वपा तनहुँका सभापती विश्व बास्तोला, रास्वपा म्याग्देका सभापती मनोज अधिकारीको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?