७ उपसचिवसहित ५६ कर्मचारीको सरुवा, १२ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी (सूची)

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । ७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७ उपसचिव र ४९ शाखा अधिकृत गरेर ५६ जना कर्मचारीको सरुवा गरेको हो ।
७ जना उपसचिवको सरुवा गर्दा ३ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने बाँकी १ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ ।
यस्तै ४९ जना शाखा अधिकृतको सरुवा गर्दा ९ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ७ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएर अन्यत्र सरुवा गरिएको छ ।
साभारः नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?