तनहुँ — इन्जिनियर श्रीराम न्यौपानेको नेतृत्वमा तनहुँमा सञ्चालन भइरहेको ‘स्मार्ट बोर्ड शैक्षिक सहकार्य कार्यक्रम’अन्तर्गत तनहुँका १० वटा विद्यालयलाई प्रदान गरिन लागेको स्मार्ट बोर्ड तथा शैक्षिक सामाग्री हस्तान्तरणपूर्व तालिम मंसिर २३ गते, मंगलबार तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेस्थित राधा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत ती दश वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षक गरी २७ जनालाई स्मार्ट बोर्डको प्रयोग, सञ्चालन र कक्षाकोठामा उपयोग विधिबारे तालिम दिईएको छ।
यसअघि नै ईन्जिनियर न्यौपानेले पहिलो चरणमा तनहुँकै छ वटा विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइसकेका छन। प्रविधिमैत्री शिक्षणको अनुभव पहिलोचोटि पाएका विद्यालयहरूले विद्यार्थी सहभागीता र सिकाइ प्रभावकारिता उल्लेख्य रूपमा बढेको भन्दै कार्यक्रमप्रति ईन्जिनियर न्यौपानेले उत्साहजनक प्रतिक्रिया दिएका छन्।
यसैक्रममा दोस्रो चरणमा स्मार्ट बोर्ड प्राप्त गर्न लागेका विद्यालयका प्रअ तथा अध्यक्षहरू पनि उत्तिकै उत्साहित छन्। उनीहरूले ग्रामीण क्षेत्रका विद्यालयमा अत्याधुनिक सिकाइ साधन पुग्नु नै ठूलो उपलब्धि भएको र यस्को लागि ईन्जिनियर न्यौपाने धन्यवादका पात्र भएको बताएका छन्।
ऊर्जा तथा जलस्रोत विज्ञ इन्जिनियर न्यौपानेले तनहुँको शिक्षामा आधुनिक प्रविधि विस्तार आफ्नो दीर्घकालीन भिजनको अंग भएको बताए। उनले आगामी वर्षहरूमा पनि कार्यक्रमलाई क्रमशः थप विद्यालयमा विस्तार गर्दै लगिने र पाँच बर्षभित्र ५ बर्षभित्र तनहुँका विद्यालयका कक्षा १० लाई स्मार्ट बोर्डयुक्त बनाउने उल्लेख गरे।
तालिम पश्चात ईन्जिनियर न्यौापानेले राधा मा. वि. जामुने र गाउँफर्क मा. वि. ढोरफिर्दि मा. वि. मा स्मार्ट बोर्ड तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । उन्ले आगामी दिनमा अन्य ८ विद्यालयमा स्मार्टबोर्ड तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिने बताएका छन् ।








