प्रदेश अस्पताल दमौलीको अध्यक्षमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ — तनहुँ जिल्लामा निर्माणाधीन प्रदेश अस्पताल दमौलीको अध्यक्षमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त भएका छन् । सरकारले अस्पतालको दीर्घकालीन नेतृत्व सुनिश्चित गर्न वाग्लेलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो।

बर्षौँदेखि अलपत्र अवस्थामा रहेको प्रदेश अस्पतालको निर्माण कार्यलाई गति दिने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको बताइन्छ। अध्यक्षमा नियुक्त भएका वाग्लेले अस्पताललाई आधुनिक सुविधा सम्पन्न, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

दमौलीमा क्षेत्रीय स्तरको स्वास्थ्य पूर्वाधार अभाव हुँदै आएको अवस्थामा अस्पताल निर्माणले तनहुँ, आसपासका जिल्ला र गण्डकी प्रदेशकै स्वास्थ्य सेवा गुणस्तर सुधारमा योगदान गर्ने अपेक्षा गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?