शिक्षामन्त्री महाविर पुनलाई ईन्जिनियर न्यौपानेले बुझाए शिक्षा सुधारका लागि ज्ञापनपत्र

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौ । शिक्षामन्त्री महाविर पुनलाई ईन्जिनियर श्रीराम न्यौपानेले ज्ञापन पत्र बुझाएका छन् । आज शिक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ईन्जिनियर न्यौपानेले आफुले तनहुँका बिशेष गरि ग्रामिण भेगका विद्यालयलाई स्मार्ट बोर्ड र शैक्षिक सामाग्री हस्तान्तरण गरि विद्यालय र विद्यार्थीलाई स्मार्ट बनाउने अभियानका साथ अघि बढेकोले सरकारले यो अभियानलाई अपनत्व लिएर अगाडि बढाउनुपर्ने बताएका थिए । न्यौपानेले पेश गरेको ६ बुँदे ज्ञापनपत्रमा नेपालभरका सम्पूर्ण सामुदायिक विद्यालयका कक्षा १० लाई स्मार्ट बोर्ड र शैक्षिक सामाग्री युक्त बनाउनुपर्ने, स्मार्ट कक्षा कार्यक्रमलाई स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारका बिच बिकास मोडलका रुपमा बिकास गरिनुपर्ने , स्मार्ट बोर्ड, शैक्षिक सामाग्री , ईन्टरनेट र शिक्षक तालिम सहितको स्मार्ट कक्षालाई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने लगायतका मागहरु पेश गरेका छन् ।
ज्ञापनपत्र बुझेपश्चात शिक्षा मन्त्री महाविर पुनले ईन्जिनियर न्यौपानेको स्मार्ट बोर्ड तथा शैक्षिक सामाग्री वितरण गर्ने कार्यको सरहाना गर्दै, सबैले शिक्षा सुधारका लागि पहल गर्नुपर्ने बताउदै ईन्जिनियर न्यौपानेका ज्ञापनपत्रमा उल्लेख्य गरिएका बुँदा र अभियानलाई सहयोग गर्ने बताएका थिए ।
उक्त ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव, अधिकृतहरु, तनहुँ, दुलैगौडाको पन्चमुनीदेव मा.वि. का प्रअ. एकनारायण भण्डारी, तनहुँको ढोरफिर्दीको गाऊँ फर्कोदय मा.वि. का प्र.अ. विमल प्रसाद सिग्देल, तनहुँकै थर्पुको मिन मा.वि. का प्र.अ. राजेन्द्र भण्डारीको उपस्थिति रहेको थियोे ।
उक्त अवसरमा उपस्थित प्र.अ. हरुले ईन्जिनियर न्यौपानेले उपलब्ध गराएको स्मार्ट बोर्ड र शैक्षिक सामाग्रीहरु गरेपश्चात विद्यार्थीहरुले यस्को माग गर्नुका साथै विद्यार्थीहरु लाभान्वित भएको पनि बताएका थिए । साथै उनीहरुले एउटा व्यक्तिले चाँहदा त छोटो समयमा १४ वटा विद्यालयमा स्मार्ट बोर्ड र शैक्षिक सामाग्री उपलब्ध गराउन सकेकोले अरुहरुले पनि त्यस्को लागि पहल गर्नुपर्ने बताएका थिए ।
तनहुँ र कास्की जिल्लाका १४ वटा विद्यालयमा स्मार्ट बोर्ड र शैक्षिक सामाग्री उपलब्ध गराउदै नेपालमा पहिलोपटक काठमाडौका प्रख्यात विद्यालयबाट प्रत्यक्ष कक्षा संचालनको अभियान संचालन गरेका उर्जा तथा जलश्रोत विज्ञ इन्जिनियर न्यौपानेले ५ बर्षभित्र तनहुँका सम्पूर्ण विद्यालयका कक्षा १० लाई स्मार्ट बोर्डयुक्त बनाउने अभियान संचालन गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?