तनहुँ । तनहुँ हाइड्रोको तनहुँ हाइड्रोको जलाशयक्षेत्रबाट प्रभावित बासिन्दाले अधिकतम लाभ प्राप्त गर्नुपर्ने माग गर्दै ईन्जिनियर श्रीराम न्यौपानेले १० बुँदे ज्ञापन पत्र बुझाएका छन् । तनहुँ हाइड्रोको जलाशयक्षेत्रको तनहुँको ऋषिगं, म्याग्दे गाउँपालिका, र व्यास र भिमाद नगरपालिकाका प्रभावितहरुले अधिकतम लाभ लिने गरि कार्य गर्नुपर्ने माग गर्दै तनहुँ हाईड्रो पावर लिमिटेड, तनहुँ जलविद्युत आयोजनाका प्रमुख कार्यकारी छवि गैर्हेलाई ईन्जिनियर न्यौपानेले ज्ञापन पत्र बुझाएका हुन् ।। ईन्जिनियर न्यौपानेले बुझाएको १० बुँदे ज्ञापन पत्र बुझाउदै खानेपानी तथा सरसफाईको अधिकार सुनिश्चतता , जलयातायात बिकास, पर्यटन तथा मनोरन्जन क्षेत्रको विकास, माछापालन प्रवर्द्वन, जलाशयको दुवैतर्फको डाँडामा पर्यटकिय क्षेत्रको बिकासको अवसर, होटल, रिर्सोट तथा व्यवसायिक अवसर, प्राविधिक तथा वातावरणिय सुरक्षाको सुनिश्चितता, स्थानिय रोजगारी लगायतका क्षेत्रमा आयोजनाले प्रचुर मात्रामा काम गर्नुपर्ने बताएका छन् । उक्त ज्ञापन पत्र बुझाउदै ईन्जिनियर न्यौपानेले जलाशयकाृ उक्त प्रभावितक्षेत्रका बासिन्दाले अधिकतम फाईदा पाउने सुनिश्चताताका लागि अहिले देखि कदम चाल्न पनि आयोजनाका कार्यकारी प्रमुख छवि गैर्हेलाई ईन्जिनियर न्यौपानेले आग्रह गरेका थिए । ज्ञापन पत्र बुझ्दै आयोजनाका प्रमुख कार्यकारी गैर्हेले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई जलाशय निर्माण पछि रोजगारी, पर्यटन प्रवर्द्रन, जलयातायात बिकास, पर्यटन तथा मनोरन्जन क्षेत्रको विकास, माछापालन प्रवर्द्वन लगायतका कुराहरु समेटि बरिष्ठ ईन्जिनियर न्यौपानेले दिएको ज्ञापन पत्रका बुँदाहरुलाई पालना र लागु गर्न आफुहरुले अधिकतम प्रयाश गर्ने बताएका थिए ।
उक्त अवसरमा उक्त आयोजनाका कार्यकारी प्रमुख छवि गैर्हे, आयोजनाका प्रमुख श्यामजी भण्डारी , आयोजनाका प्रशासन प्रमुख नारायण आचार्य भिमादका बिकास सिग्देल, हरि लम्साल, व्यासका चुढामणी दाहाल, म्याग्देका मनोज अधिकारी, ऋषिगंका रामु नेपालीको उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र
श्री छवि गैहे ज्यु प्रमुख कार्यकारी,
तनहुँ हाइड्रोपावर लिमिटेड,
तनहुँ जलविद्युत आयोजना,
तनहुँ ।
विषयः तनहुँ जलाशय क्षेत्रलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र प्रभावित
स्थानीय समुदायले जलाशयबाट पाउने बहुउपयोगी लाभको सुनिश्चितता गर्ने सम्बन्धमा ।
महोदय,
तनहुँ जिल्ला म्याग्दे र रिसिङ गाउँपालिका एवं व्यास र भिमाद नगरपालिकाका स्थानीय बासिन्दालाई प्रत्यक्ष तथा परोक्ष रूपमा
प्रभाव पार्ने, पृथ्वी राजमार्ग र मानुङकोट पर्यटकीय स्थलसँग जोडिएको १४० मेगावाटको तनहुँ हाइड्रो आयोजनाबाट सृजना हुने
करिब २१ किलोमिटर लामो जलाशय दुवैतर्फ अग्ला अग्ला वनजङ्गल युक्त पहाड र साँघुरो खाँचले घेरिएको विशिष्ट भौगोलिक
बनावटमा रहेको कुरा विदितै छ ।
ऊर्जा उत्पादनसँगै पर्यटन र स्थानीय रोजगारी सिर्जनाको केन्द्र बन्न सक्ने यो क्षेत्र तनहुँको नयाँ पहिचान बन्ने स्पष्ट आधार रहेको छ ।
आयोजना सम्पन्न भई जलाशय बनेपछि बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै स्थानीय जनताले पाउन सक्ने
प्रतिफल एवं लाभलाई दिगो, न्यायोचित र प्रभावकारी बनाउन निम्न सामाजिक, आर्थिक तथा प्राविधिक लाभका क्षेत्रहरूमा वर्गिकरण
गरी सुनिश्चित गर्न आवश्यक छ । यसै सम्बन्धमा औपचारिक निर्णय सहित कार्यान्वयनका लागि विशेष भुमिका निर्वाह गरियोस् भन्दै
तपसिल बमोजिमका १० बुँदे माग तपाईँको कार्यालयमार्फत सम्बन्धित निकायको ध्यानाकर्षणका लागि यो ज्ञापनपत्र पेश गरिएको
छ।
१. खानेपानी तथा सरसफाइको अधिकार सुनिश्चितता
(आवश्यकता अनुसार खानेपानी मन्त्रालयसँग समन्वय गरी ।)
– जलाशयको ५ किलोमिटर दायाँ-बायाँ क्षेत्रका बस्तीमा सुरक्षित खानेपानी वितरण लाइन विस्तार ।
– दीर्घकालीन र क्षमतावान पानी शुद्धीकरण तथा भण्डारण प्रणाली स्थापना ।
– bसाना मुल र झरनालाई उपयोग गरी माइक्रो वाटर सिस्टम स्थापना गर्न सहयोग
२.मौजुदा सिंचाइ सुविधाको स्तरोन्नति
(आवश्यकता अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समन्वय गरी)
– मौजूदा सिंचाइ कुलोहरूको स्तरोन्नति तथा नयाँ कुलो निर्माण
-मौजुदा सिंचाइ र स-साना मुलहरुबाट आधुनिक प्रविधि (Sprinkler/Drip System) को प्रवर्द्धन ।
३. जलयातायात ( Water Transport) विकास
(आवश्यकता अनुसार स्थानीय निकायसँग समन्वय गरी)
– जलाशयमा सुरक्षित डुंगा यातायात सेवा सुरु गर्न आवश्यक पूर्वाधार विकास।
– स्थानीय बोटे र युवालाई तालिमसहित ढुंगा सञ्चालन अनुमति प्रदान।
– जलयातायात सम्बन्धी सुरक्षा मापदण्ड, घाँटीपाटी प्रतीक्षालय निर्माण ।
४. पर्यटन तथा मनोरञ्जन क्षेत्रको विकास
(आवश्यकता अनुसार पर्यटन मन्त्रालयसँग समन्वय गरी)
– जलाशयको दुबै किनारमा सडक, भ्यू टावर, पार्क, पदमार्ग, मनोरञ्जन स्थल निर्माण ।
– होमस्टे, रिसोर्ट, क्याफे, बोटिङ, क्याम्पिङ आदि पर्यटन क्रियाकलापका लागि पूर्वाधार निर्माण गर्न अनुमति सहित
प्रोत्साहन अनुदान।
– स्थानीय पर्यटन व्यवसायीलाई सीप विकास तालिम तथा प्रोत्साहन अनुदान ।
५. माछापालन (Fisheries) को प्रवर्द्धन
(आवश्यकता अनुसार कृषि मन्त्रालयसँग समन्वय गरी_
– जलाशयमा Cage Cultureऋबनभ ऋगतिगचभ मार्फत आधुनिक माछापालन कार्यक्रम ।
– स्थानीय सहकारी तथा समूहलाई अनुमति, सङ्ख्या निर्धारण तथा अनुदान सहयोग ।
– माछा प्रशोधन तथा बजार व्यवस्थापन केन्द्र स्थापना ।
६. निर्माण सामग्री प्रसोधन तथा स्थानीय रोजगारी
– माथिल्लो तटीय क्षेत्रमा जलाशयमा जम्मा भएर बस्ने बालुवारढुंगा व्यवस्थापनमा छुट्टै कार्यविधि ल्याई स्थानीयलाई
प्राथमिकता।
– स्थानीय श्रमशक्ति, ट्रकरट्र्याक्टर, मेसिनरीलाई प्राथमिकता दिइ गुणस्तरयुक्त सस्तोमा निर्माण सामाग्री उत्पादन गराउने
नीति।
– निर्माण सामग्री प्रसोधन केन्द्र ( Crusher, Aggregate Plant) मा स्थानीय लगानीको अवसर ।
७. होटल, रिसोर्ट तथा व्यवसायिक अवसर
– जलाशय किनारका क्षेत्रमा होटल, रेस्टुरेन्ट, रिसोर्ट सञ्चालन गर्न स्थानीयलाई अग्राधिकार ।
– व्यवसाय दर्ता, अनुमति तथा लगानीमा सहुलियत तथा प्रविधि तालिम उपलब्ध गराउने ।
८. सामाजिक-आर्थिक क्षतिपूर्ति तथा समुदाय उत्थान
– जलाशय निर्माण पश्चात आउन सक्ने अप्रत्याशित भु-स्खलन, पहिरो वा अन्य कारण हुने क्षतिको तत्काल अद्यावधिक
मूल्याङ्कन गरी क्षतिपूर्ति।
– जलाशयको दुबै किनारमा पुर्वाधारः विद्यालय, स्वास्थ्यचौकी, खानेपानी।
– स्थानीय महिला, युवा, दलित, जनजाति र पिछडिएको समुदायका लागि सीप विकास तथा उद्यमशिलता कार्यक्रम।
९. प्राविधिक तथा वातावरणीय सुरक्षाको सुनिश्चितता
– ढल, फोहोर व्यवस्थापन, ढल निकास, भूस्खलन न्यूनीकरणका लागि प्राविधिक उपाय।
– जलाशय किनार संरक्षण, हरियाली कार्यक्रम, जैविक विविधता संरक्षण ।
– आकस्मिक उद्धार दल, सुरक्षा तालिम तथा सतर्कता प्रणाली स्थापना ।
१०. जलाशयको दुवैतर्फको अग्ला डाँडाहरूमा पर्यटकीय क्षेत्रको विकासको अवसर
– जलाशयको दुवैतर्फका डाँडाहरूमा मनमोहक र सुरक्षित पर्यटकीय पदमार्ग ९ट्रेकिङ र हाइकिङ ट्रेल० को निर्माण
– प्राकृतिक दृश्यावलोकनका लागि भ्युपोइन्ट तथा विश्रामस्थलहरूको विकास
– दमौली बजारदेखि दुवै किनार जोड्ने केबलकार र जिपलाइन सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको
केन्द्र ।
– पर्यटकीय आकर्षण बढाउन सिसाबाट निर्मित झोलुङ्गे पुल ( Glass Bridge) को निर्माण ।
– जलाशय र वरपरको प्राकृतिक सौन्दर्य उपयोग गर्दै होटल रिसोर्ट र होमस्टे व्यवसायको विस्तार ।
– स्थानीय समुदायलाई प्रत्यक्ष रोजगारी र आयआर्जनको अवसर सिर्जना ।
उपरोक्त मागहरू जलाशय निर्माण भए लगत्तै प्रभावित स्थानीय समुदायको दीर्घकालीन हित, सामाजिक न्याय र आर्थिक
सशक्तीकरणका लागि अति आवश्यक छन्।
समग्रमा जलाशय क्षेत्रलाई बहुआयामिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न परियोजनाले माथि उल्लेखित क्षेत्रहरूलाई
प्राथमिकताका साथ समावेश गरी समयमै कार्यान्वयन गर्न आवश्यक कार्ययोजना सार्वजनिक गरि सम्बन्धित निकायमा
ध्यानाकर्षणका लागि पठाउन समन्वय समेत गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
बिनम्रतापूर्वक,
( ई. श्रीराम न्यौपाने, तनहुँ )संपर्कः ९५११६३१६७)
अवधारणा प्रस्तावक (Concept Proponent)
मितिः २०८२।०९।०८ गते
१. चुडामणि दाहाल, व्यास
२. विकास सिग्देल, भिमाद
३. मनोज अधिकारी, म्याग्दे
४. हरि लम्साल, भिमाद
५. रामु नेपाली, रिसिङ
६. उत्तम सुवेदी, भिमाद









