तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर वडा अधिवेशन गर्न तातेको छ त्यसैक्रममा रास्वपाले व्यास नगरपालिका वडा नं. ५ मा दिपेन्द्र खनालको नेतृत्वमा वडा समिति गठन गरेको छ । रास्वपाका उर्जा तथा जलश्रोत विभाग प्रमुख ईन्जिनियर श्रीराम न्यौपानेको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै उर्जा तथा जलश्रोत विभाग प्रमुख ईन्जिनियर न्यौपानेले वेथिति, विसंंगति र संस्थागत भ्रष्टाचारबाट आजित भएको समयमा रास्वपाले जनतामा आशा जगाएको र जनताले सुशासन र द्रुत गतिको बिकास चाहेकोले अब सबैले त्यतातर्फ ध्यान दिनुपर्ने बताएका थिए । रास्वपा व्यासु नगरका सभापति चुडामणी दाहालको सभापतित्वमा भएको कार्यक्रममा रास्वपा गण्डकी प्रदेशका सदस्य सूर्यमणी पौडेल, रास्वपा गण्डकी प्रदेशका नेता डा. शेषरमण न्यौपाने, सुरेन्द्र पौडेल, रास्वपा तनहुँका सभापति विश्व बास्तोेला, सचिव पदमराज न्यौपाने, रास्वपा म्याग्देका सभापति मनोज अधिकारी लगायतको सहभागिता रहेको थियो । अधिबेशनले समितिले निम्नानुशार पदाधिकारी चयन गरेको छ । अध्यक्षः दिपेन्द्र खनाल, सचिबः ऋशिराम उपाध्याय, सदस्यःबबिन्द्र खनाल, सदस्यः बिष्णुहरि मिश्र, सदस्यः कल्पना पाण्डे, सदस्यः लक्ष्मी मिश्र, सदस्यः आकाश सुनाम, सदस्यः सुमित्रा नेपाली, सदस्यः सुन्दर श्रेष्ठ, सदस्यः पुर्ण बहादुर थापामगर र सल्लाहकार समितीमा बलभद्र खनाल संयोजक, सुर्य चन्द्र लम्साल, होम नारायण श्रेष्ठ र बिष्णु चन्द्र खनाल सदस्य चयन भएका छन् ।








