तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डको तनुहँको घाँसीकुवामन एकबिहानै ट्रक दुर्घटना भएको छ । बिहान ०५:३० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका १२, घाँसीकुवा स्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको WB 73G6210 नं. को सिमेन्ट बोकेको भारतीय नं. प्लेटको बल्गर ट्रक दुर्घटना भएको ह । चालक ले नियन्त्रण गुमाई सडकको छेउमा पल्टन गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सूचना प्राप्त हुनसाथ यस कार्यालयबाट प्र.नि. शिव प्रसाद पाठकको कमाण्डमा ट्राफिक सहित १५ जनाको टोली , नेपाली सेना, स्थानिय र टुचनको समन्वय र सहयोगमा अं. ०८:०० बजेको समयमा सोही पल्टीएको बल्गरमा च्यापिएको चालक (भारत पश्चिम बंगाल जिल्ला जलवायु ध्रुपगढी नौथुवा वस्ने वर्ष ४० को काला सुरेन ) लाई सकुशल उद्दार गरी उपचारको लागी प्रदेश अस्पताल दमौली तनहुँ पठाई हाल सोही अस्पालमा उपचार भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।








