तनहुँ २ मा रास्वपाले दियो वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेलाई दियो टिकट

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । इन्जिनियर श्रीराम न्यौपानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उर्जा तथा जलश्रोत विभागका प्रमुख रहेका वरिष्ठ ईन्जिनियर न्यौपानेलाई रास्वपाले तनहुँ निर्वाचन क्षेत्र नम्बर २ उमेदवार चयन गरेको हो ।

विगत दुई महिनाको अवधिमा क्षेत्र नं. २ का सबै ४३ वटै वडामा पुगेर कृषक, महिला, ज्येष्ठ नागरिक, बालबालिका, दलित, जनजाति, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायी तथा स्थानीय अगुवासँग संवाद गर्दै समस्या पहिचान गरेका उमेदवार वरिष्ठ ईन्जिनियर न्यौपानेले इन्जिनियरिङ कलेजको संस्थापक प्रिन्सिपल, मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङमार्ग र ४३ मेगावाटको जलविद्युत आयोजनाको सुरुङ गरी १३ कि मि सुरुङ निर्माणमा आयोजना निर्देशक रहेका छन् ।
आफु विकासप्रेमी रहेको र विगत २१ बर्ष भन्दा अगाडिदेखि शिक्षा, उर्जा , जलश्रोत र सामाजिक काममा पनि सक्रिय रहदा देश बिकासको हुटहुटी जागेकोले राजनीतिमा सक्रिय भएको वरिष्ठ ईन्जिनियर न्यौपानेले बताएका छन् । साथै आफु निर्वाचित भएपछि तनहुँ क्षेत्र नं. २ का जनताले यस्तो हुदो रहेछ जनप्रतिनिधि भनेर गर्व गर्ने जनप्रतिनिधि बन्ने उन्ले बताएका छन् । पछिल्ले समय तनहुँका विद्यालयका कक्षा १० लाई स्मार्ट बोर्डयुत्तः बनाउने अभियान संचालन गरेका वरिष्ठ ईन्जिनियर न्यौपानेलले हालसम्म १५ बटा विद्यालयमा स्मार्ट बोर्ड तथा शैक्षिक सामाग्री वितरण गरिसकेका छन् भने आगामी शैक्षिब सत्रभित्र ति विद्यालयमा काठमाण्डौ नाम चलेका विद्यालयबाट प्रत्यक्ष पढाई हुने प्रवन्त्र पनि मिलाएका छन् ।
२०२६ साल असार ३१ गते तनहुँको भानु नगरपालिका वडा नं ५ ओक्लागं जन्मिएका वरिष्ठ ईन्जिनियर न्यौपाने उर्जा जलश्रोत तथा सुरुगं विज्ञका रुपमा परिचित हुनुका साथै सामाजिक काममा सक्रिय भिजनरी व्यक्तिका रुपमा परिचित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?