काठमाडौँ । नागार्जुन नगरपालिका–सितापाइला, कम्फर्ट हाउजिङमा बसोबास गर्दै आएका ९ वर्षीय आरोग्य शर्मा Kids Star International Nepal 2026 प्रतियोगितामा सहभागी भएका छन्। हाल कक्षा ४ मा अध्ययनरत आरोग्य पढाइमा अत्यन्तै तिक्ष्ण हुनुका साथै अतिरिक्त क्रियाकलापमा पनि विशेष रुचि राख्ने प्रतिभाशाली बालक हुन्।
आमा सृजना शर्मा र बुबा विष्णु शर्माको अभिभावकत्वमा हुर्किरहेका आरोग्यले सानै उमेरदेखि नै आत्मविश्वास, प्रस्तुति कला र सिर्जनात्मक क्षमतामा राम्रो पहिचान बनाउँदै आएका छन्। बालप्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा सहभागिता जनाउनु आफैंमा गर्वको विषय भएको परिवारजनले बताएका छन्।
आरोग्य शर्माले आफूलाई सफल बनाउन सबैको साथ, सहयोग र भोटमार्फत समर्थन गरिदिन आग्रह गरेका छन्। “सबैको माया र आशिर्वादले मात्र अघि बढ्न सकिन्छ,” उनले भने।
स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म बाल प्रतिभालाई उजागर गर्ने यो प्रतियोगितामा आरोग्यको सहभागिताले नागार्जुन क्षेत्रलाई समेत गौरवान्वित बनाएको छ।









