कुलमान घिसिङ्गको पार्टीका उमेदवारले तनहुँ क्षेत्र २ का उमेदवार ईन्जिनियर न्यौपानेलाई समर्थन गर्दै उमेदवारी फिर्ता

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । उज्यालो नेपाल पार्टीका तनहुँ क्षेत्र नं. २ का उम्मेदवार मनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

गुरुङले देशमा परिवर्तन र सुशासनको एजेन्डालाई अघि बढाउन सक्षम उम्मेदवारका रूपमा न्यौपानेलाई समर्थन गरेको बताएका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकतामा राख्दै उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारे।

यस समर्थनपछि तनहुँ क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। इन्जिनियर न्यौपानेको उम्मेदवारीलाई विभिन्न राजनीतिक दल र स्वतन्त्र समूहबाट समेत समर्थन बढ्दै गएको देखिन्छ।

स्थानीयस्तरमा विकास, पूर्वाधार र पारदर्शी शासनको मुद्दामा न्यौपानेको सक्रियता रहेकाले उनीप्रति जनआकर्षण बढ्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?