डुम्रे संस्कृतिक यूवा परिवार र प्रहरीको आयोजनामा विद्यालयमा लागु औषध दुव्र्यसनी जनचेतना कार्यक्रम

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिका वडा नं. १ मा रहेको फिस्टेल बोर्डिगं स्कुलमा फागुन २८ गतेशुक्रवार लागु औषध दुव्र्यसनी जनचेतना कार्यक्रम आयोजना गरियो । बन्दिपुर वडा नं. १ मा रहेको डुमे्र साँस्कृतिक युवा परिवार र इकाई प्रहरी कार्यालय भानु मुकाम डुम्रेको आयोजनामा उक्त विद्यालयका बिद्यार्थीहरुलाई लागु औषधले पार्ने प्रभावको बारेमा जानकारी दिईएको थियो । उक्त अवसरमा क्लबका तर्फबाट क्लबका सहसचिव ईश्वर नेपालले बिद्यार्थीहरुलाई दुव्र्यसनीहरुबाट बचेर समाजको लागि योगदान दिनुपर्ने बताउनुभएको थियो वहाँले खराव व्यक्तिको संगत नगर्ने, आफ्नो वरपर कोहि दुव्र्यसनी छ भने प्रहरीलाई खबर गर्न पन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख प्रकाश भुषालले बिद्यार्थी देशका कर्णधार भएकोले अभिभावक, शिक्षकले मात्र नभएर सिगों समाज बालबालिकालाई दुव्र्यसनीबाट टाढा राख्न सदा लाग्नुपर्ने बताउनुभएको थियो ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख प्रकाश भुषाल, डुम्रे संस्कृतिक यूवा परिवारको अध्यक्ष कैलाश श्रेष्ठ, उपाध्यक्ष विक्की गुरुङ्ग, सहसचिवमा ईश्वर नेपाल, कोषाध्यक्षमा बाबुल गुरुङ्ग, सदस्यहरु ध्रुवकुमार श्रेष्ठ, शिशिर श्रेष्ठ विद्यालयका प्रधानाध्यापक सुन्दर खनाल, प्लस टुका ईन्चार्ज नवराज सिग्देल, सह प्रधानाध्यापक सुजन देवकोटा लगायतका विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।


विद्यालयका प्रधानाध्यपक खनालले यस्ता कार्यक्रमबाट बालबालिकाले राम्रो र नराम्रो काम बारेमा जानकारी पाउने बताउनुभएको थियो । क्लबका अध्यक्ष कैलाश श्रेष्ठका अनुसार विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको डुम्रे संस्कृतिक यूवा परिवार यसक्षेत्रबाट दुव्र्यसनी र बालबालिकालाई जनचेतना फैलाउन नेपाल प्रहरीसगको सहकार्यमा समुदाय प्रहरी साझेदारीमा नेपाल प्रहरीसगको सहकार्यमा यस्ता कार्यक्रमहरु गरिरहने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?