तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँद्धारा विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका ६ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको जिल्ला प्रहरी कार्यालय तनहूँले २०७७ चैत्र १ गते चोरी मुद्दामा कैद भुक्तान नगरी फरार रहेका १ जना, बहुबिवाह मुद्दामा कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका २ जना, अंश माना चामल मुद्दामा फरार रहेका १ जना, लिखत वेईज्यती मुद्दामा फरार रहेका १ जना र अंश मुद्दामा फरार रहेका १ जना गरी जम्मा ६ जनालाई मातहत प्रहरी ईकाई कार्यालय भानु मुकाम डुम्रे तनहूँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी तोकिएको जम्मा ७ दिन कैद र जम्मा रु १५ हजार ३ सय ८६ जरिवाना भुक्तानको लागी तनहूँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं डिएस पि युवराज तिमल्सेनाले बताउनुभएको छ ।
पछिल्लो समय जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा बिशेष जोड दिदै आएको जिल्ला प्रहरी कार्यालयले फरार व्यक्तिहरुलाई पक्रने क्रम तिब्रता दिएसगै थुप्रै व्यक्तिहरु पक्राउ परिरहेका छन् ।








