शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलालको निधन

  • ख-
  • ख+

काठमाडौं । नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठको निधन भएको छ । वहाँको आज बिहान बाँसबारी स्थित न्युरो अस्पतालमा निधन भएको हो । केही हप्ता यता श्रेष्ठलाई भेन्टीलेटरमा राखेर उपचार गराउदै आईएको थियो ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित श्रेष्ठलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

नेपाल बामपन्थी आन्दोलनका सहयोद्धा श्रेष्ठलाई पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषय वस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उहाँसँग सरसल्लाह लिने गर्छन् ।
लामो समय प्रध्यापन पेशामा सकृय श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने पहिलो ब्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्ता समेत थिए । वहाँ माणिक सरको नामले चर्चित र धेरैका आदरणीय समेत मानिन्छन् ।

मणिकलाल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय इश्वरलाल श्रेष्ठका भाई हुनुहुन्छ । वहाँका दुई छोरा छन् । विश्व प्रसिद्ध वरिस्ठ मुटु रोग बिशेषज्ञ प्रा. डा. मलखलाल श्रेष्ठ र डेन्ट्रेस्टिका विद्यावारिधी गरेका चर्चित डा. सितुलाल श्रेष्ठ वहाँका दुई छोरा हुन । नेपालकी पहिलो महिला वकिल तथा सर्वोच्च अदालतकी पहिलो महिला न्यायधिस सुशिला श्रेष्ठ (शिलु सिंह) स्वर्गिय श्रेष्ठकी धर्मपत्नी हुन । वहाँको १० महिना अघि मात्रै निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?