योजना प्रस्तुतीमा होईन कार्यान्वनमा जोड दिन मुख्यमन्त्रीको आग्रह
तनहूँ । तनहूँ जिल्लाको बन्दिपुर गाउँपालिकाको २० बर्षे एकिकृत विकास गुरुयोजनाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुगंले बुधवार सार्वजनिक उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा वहाँले हामीले योजना नगरिकन गरेका योजनाहरुले आर्थिक हानी बेहोर्न परिरहेकोमा बन्दिपुर गाउँपालिकाले गुरुयोजना सार्वजनिक गरेर राम्रो कामको शुरुवात गरेकोमा खुशी व्यक्त गर्नुभयो साथै वहाँले सरकारले सबै कुराहरु उपलब्ध गराउदा गराउदै सम्बन्धित कार्यहरुबाट छिटो छरितो काम नहुनाले समस्या आएकोले अब त्यसो नगर्न आग्रह गर्नुभएको थियो ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुगं, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यलय तनहूँका प्रमुख अरुण पौडेल, भुमी समस्या सामाधान आयोज तनहूँकी सदस्य शान्ति कुवर लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुगंले स्वागत मन्तव्य राख्नुभएको थियो ।








