तनहूँ । कोरोना महामारीले पुन विश्वलाई आक्रान्त बनाउन लागिरहेका बेला आईरहेको होली अर्थात रंगहरुको पर्वमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहूँबाट सम्पूर्ण जिल्लावासीलाई विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । जिल्ला प्रहरी तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाद्धारा जारी विज्ञप्ति
होली पर्वको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय तनहुँको अनुरोध
होली पर्व २०७७ को उपलक्ष्यमा तनहुँ बासी आम दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । साथै उक्त पर्व मनाउने क्रममा जथाभावी भिडभाड नगर्न र नगराउनु हुन अनुरोध छ । हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसपुर्ण रुपमा नियन्त्रणमा नआईसकेको र पुन फैलने क्रममा रहेको हुँदा सो अवस्थालाई मध्यनजर राखी होली पर्व मनाउने क्रममा घर बाहिर निस्की अनावश्यक रुपमा भिडभाड गर्ने, जथाभावी इच्छा बिपरित रङ् तथा लोला हान्ने, र भिडभाडजन्य क्रियाकलापहरु नगर्नु हुन सबैमा अनुरोध छ । उक्त अनुरोधलाई वेवास्था गरी उल्लेखित कार्य गर्ने गरेको पाईएमा कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध गरिएको छ ।
साथै उक्त कार्यहरु भए गरेको जानकारी हुनासाथ तुरुन्त जिल्ला प्रहरी कार्यालय तनहुँको हट लाईन नम्बर १००, वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनुहुन समेत अनुरोध गरिएको छ ।
थप जानकारीको लागी
सुचना अधिकारी
प्रहरी नायव उपरीक्षक
(युवराज तिमिल्सिना)
फोन नं. ९८५६०६२२५५
जिल्ला प्रहरी कार्यालय तनहुँ








