पूर्व युवराज पारस चढेको हेलिकप्टर तनहूँमा आकस्मिक अवतरण

  • ख-
  • ख+

मौषमको कारणले अवतरण गर्नुपरेको सुरक्षा निकायको भनाई

तनहूँ । पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर बुधबार साँझ तनहूँमा आकस्मिक अवतरण गरिएको छ । केहि दिनदेखि आकाशमा लागेको बाक्लो कुहिरो र तुवाँलोको कारण व्यासनगरपालिका वडा नं. १४ स्थित मास्दीघाटमा उक्त हेलिकप्टर आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभएको साथै वहाँले पूर्व युवराज पारस सहित ६ जनाको टोली बोकेको उक्त हेलिकप्टर राजविराज जान लागेको र मौषम खुल्ला हुनासाथ जाने बताउनुभएको छ ।
उत्तः हेलिकप्टर एयर डाइनेष्टिकको रहेको तिमल्सेनाको भनाई छ ।
(तस्विर सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्