(फोटोहरुको अवलोकन गर्दै व्यास नपाका प्रवक्ता एवं व्यास ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठ)
फोटो बिक्री गरेर क्यान्सर रोगीको उपचार गर्ने फोटो प्रर्दशनीको लक्ष्य
तनहूँ । क्यान्सर रोगबाट पिडित व्यास ४ का विकास दरैको सहयोगार्थ आयोजित फोटो प्रर्दशनीमा फोटोहरुको अवलोकन गर्दै व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ । उक्त प्रर्दशनीमा क्यान्सर पिडित बिकास दरैद्धारा खिचिएका फोटोहरु बिक्री गरेर वहाँकै उपचार गराउने वहाँका साथीहरुको लक्ष्य छ । दमौलीको अनसन चौतारीमा गरिएको उक्त प्रर्दशनी कला, संस्कृति र प्रकृतिको सुन्दरता झल्किने १ सयभन्दा बढि फोटोहरु राखिएका छन् ।















