लमजुङ्ग । लम्जुगङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका विचौरको बागेश्वरी मा. वि. का शिक्षकहरु सवार बोलेरो जिप बारपाक सुलिकोट गा पा -२, राङरुङ गोरखामा ब्रेक फेल भै दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जना शिक्षकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने शिक्षकहरुमा रामेश्वर न्यौपाने र ठाकुर दवाडी रहनुभएको छ । उक्त जिपमा सवार अन्य ७ जना घाईते हुनुभएको छ । घाइतेहरुमा शिक्षा अधिकृत शुसिल नराल, शिक्षकहरु अनिल मरहट्टा, विष्णु दवाडी, अ्मृत दवाडी, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सह चालक अमृत दवाडी रहनुभएको छ । घाइतेहरुको विभित्र अस्पतालहरुमा उपचार भईरहेको छ । श्रोतः अध्यक्ष शिक्षक संघ, लम्जुङ्ग








