नेपाल पत्रकार महासंघ तनहूँ शाखाको अध्यक्षमा पौडेल निर्वाचित

  • ख-
  • ख+

तनहूँ । नेपाल पत्रकार महासंघ तनहूँ शाखाको निर्वाचनमा उज्वल पौडेल अध्यक्ष पदमा विजयी हुनुभएको छ । बुधवार सम्पन्न निर्वाचनमा प्रेस चौतारी र प्रेस सेन्टरका साझा उमेदवार पौडेलले कुल खसेको १११ मतमध्ये ५७ मत प्राप्त गर्नुभएको थियो । वहाँका निकटम प्रतिद्धन्दी प्रेस युनियन र प्रेस सेन्टरका उमेदवार शेख महम्मद हनिफ (गोरा मियाँ) ले ५३ मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा तनहूँ शाँखामा पौडेल प्यानलबाट एक जना सदस्य र अन्य सबै मियाँ प्यानलबाट निर्वाचित हुनुभएको छ । उक्त निर्वाचनमा निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष घनपति अधिकारी, सचिव प्रताप राना मगर, खुल्ला सहसचिव प्रकाश अधिकारी, समावेशी सहसचिव मिला दरै, कोषाध्यक्ष बिमला दवाडी, सदस्यहरु किरण श्रेष्ठ, श्रीहरि पौडल, उपेन्द्र खनाल, प्रकृति खनाल, राजेश्वर हड्खले, बिष्णु गौतम हुनुहुन्छ । त्यसैगरि जनजाति सदस्यमा सृजना राना, महिला सदस्यमा सुनिता थापा, दलित सदस्यमा मुना कालिराज बिके निर्वाचित हुनुभएको छ । समावेशी सदस्य पदमा रामशरण नेपाली निर्विरोध निर्वाचित भईसक्नुभएको छ ।

लामो समयदेखि पत्रकारिताक्षेत्रमा कार्यरत पौडेलले १३ बर्षको उमेरदेखि बाल पत्रिका प्रकाशनबाट आफ्नो पत्रकारिता यात्रा शुरुरु गर्नुभएको हो । वहाँ नेपाल पत्रकार महासंघ तनहूँमा २०६७ सालमा २०७० कोषाध्यक्ष,र २०७० बाट दुई कार्यकाल ७ बर्ष सचिव पदमा रहेर काम गरिसक्नुभएको छ । नेपाल पत्रकार महासंघ तनहूँ शाँखाको संस्थागत विकासमा बिशेष योगदान गर्नेहरुमध्ये एक पौडेलले नेपाल पत्रकार महासंघ तनहूँका लागि जग्गा प्राप्ति देखि भवन निर्माणका क्रममा देखेको उल्लेखनिय भुमिकाले गर्दा वहाँको कार्यकालमाश्रमजिवी पत्रकारको हकहितमा अझै कामहरु हुने पत्रकारहरुले विश्वास लिएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेल तनहूँबाट प्रकाशित हुने तनहूँ उद्घोष दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?