तनहूँ । व्यास नगरपालिका वडा नं. १० को चण्डिदेबि राष्ट्रिय मा. बि. मा मधुमेह तथा युरिक सम्बन्धि निशुल्क रक्त परिक्षण तथा जनचेतना कार्यक्रम गरियो । व्यास २ गणेशमानचोकमा रहेको दमौली प्याथ ल्याब प्रा.लि. र भरोसा डेन्टल क्लिनिकको आयोजनामा उक्त कार्यक्रमको आयोजना भएको थियो । उक्त अवसरमा २०० जना व्यक्तिहरुको निशुल्क रक्त परिक्षण गरिएको थियो ।
तनहूँको उत्कृष्ट ल्याव दमौली प्याथ ल्याबबाट निःशुल्क रक्त परिक्षण गर्न पाउदा उक्त कार्यक्रममा सहभागीहरु खुशी हुनुभएको थियो । कार्यक्रममा थाईराईड लगायतका अन्य रोगहरु परिक्षण गर्न चाहनेलाई ५० प्रतिशत पनि छुट प्रदान गरि गरिएको थियो ।
कार्यक्रममा यसक्षेत्रबाट उल्लेखनिय मानिसहरुको सहभागीता पश्चात दमौली प्याथ ल्याब प्रा.लि. प्रवन्ध निर्र्देशक केशव भट्टराईले जिल्लाका विभिन्न भागमा गएर विभिन्न स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु गर्न र सेवा गर्न पाउदा आनन्द महसुस भएको बताउनुभएको थियो र आगामी दिनमा आफ्नो कार्यक्रमहरु अन्य स्थानहरुमा पनि लैजाने बताउनुभएको थियो ।
उक्त कार्यक्रमको उद्घाटन व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटाले उद्घाटन गर्नुभएको थियो ।










