सम्पर्कविहिन दमौलीका डाक्टर सम्पर्कमा

  • ख-
  • ख+

कार्यालय प्रमुख नै विना सूचना सम्पर्क विहिन हुनु गैरजिम्मेवारीपनको पराकाष्ठ
तनहूँ । विगत केहि दिन कार्यालयको सम्पर्कमा नआउनुभएका तनहूँका एकजना चिकित्सक कार्यालयको सम्पर्कमा आउनुभएको छ । तनहूँ दमौलीका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका प्रमुख डाक्टर आर. पि. मण्डल करिब २ सातादेखि सम्पर्क विहिन हुनुभएको थियो र हिजो शनिवारबाट बल्ल सम्पर्कमा आउनुभएको छ । ” कार्यालय प्रमुख नै कहाँ नै गएको थाहा नहुन, खबर नगर्ने र फोन सम्पर्क पनि नहुने गर्दा काम कारवाहीमा बाधा पुगेको ” त्यहाँ कार्यरत कर्मचारीको भनाई रहेको थियो । डाक्टर आर पि मण्डलसग सम्पर्क गरेर लामो समयसम्म कार्यालय सम्पर्क विहिन हुनुको बारेमा बुझ्दा वहाँले ”घर गएको र त्यहाँबाट छिमेकी देश भारत गएको कारण १३ , १४ दिनजति सम्पर्क विहिन भएको ” बताउनुभएको थियो ।
कार्यालय प्रमुख डाक्टर मण्डल कसैलाई जानकारी पनि नदिईकन कार्यालयबाट गएको र लामो समयसम्म कार्यालयमा सम्पर्क नगरेको हुनाले गण्डकी प्रदेश अन्र्तगतको सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयमा खबर गरेपछि खोजबिन तथा छानविन गर्न थालेपछि डाक्टर मण्डल शनिवार दमौली आई आईतवारबाट कार्यालयमा हाजिर हुनुभएको छ । यस बारेमा बुझ्दा उक्त केन्द्रका अध्यक्ष देवी बहादुर बस्नेतले ” कार्यालय प्रमुख नै मोवाईल स्विच अफ् गरेर सम्पर्क विहिन हुँदा त समस्या पर्ने नै भयो नि” भन्ने प्रतिक्रिया दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?