तनहूँका व्यापारीहरु बिच भिडन्तको तयारी

  • ख-
  • ख+

शंकर भण्डारीद्धारा १६ औं महाधिवेशन एवं ३५ औं वार्षिक साधारण सभाको उद्घाटन

तनहूँ । तनहूँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशन एवं ३५ औं वार्षिक साधारण सभा शुरु भएको छ । उक्त कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री शंकर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, गण्डकी प्रदेशसभा सांसद दोवाटे बि.क., प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, तनहूँ नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष घनश्याम देवान श्रेष्ठ, बृषराज श्रेष्ठ, अशोककुमार श्रेष्ठ लगायतका व्यापारी तथा अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।

यसपटकको अधिवेशनमा तनहूँ उद्योग बाणिज्य संघ तनहूँको नेतृत्व चयनको महाधिवेशन भएको कारणले पनि व्यापारीहरुको बाक्लो चहल पहल भएको थियो । अधिवेशनबाट अध्यक्ष पदका उमेदवारहरु बेकुण्ठ न्यौपाने, पविन्द्रकुमार श्रेष्ठ र अर्जुन अधिकारी ( सागर अधिकारी) मध्येबाट एक जना निर्वाचित हुनुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?