''उद्योगी व्यवसायीहरुको चुनाव हो हाम्रो पनि अलि अलि ईन्ट्रेरेष्ट भईहाल्छ नि '' भन्दै गर्दा व्यापारीको ईन्ट्रेरेष्ट ति संस्थाप्रति हराउला किनकी धुम्म तुवाँलोपछि हल्का बर्षा भए पनि धित मरुन्जेल पानी परेको छैन । सबैलाई थाहा दमौलीमा बैशाष ४ गते पर्ने हावाहुरी हितको पानीले धेरैलाई बगाउने छ ।
पहाडकी रानी बन्दिपुरबाट सदमुकाम सरेपछि मुस्कुराएको दमौलीको आफ्नै बिशेषता छ, आडमा मादि सेति नदि, छेउमा बुल्दी खोला, शहरको बिचमा अस्तित्वविहिन डाग्रें खोल्सी हुदै बाँचेको दमौली बिद्रोही स्वभावको पनि छ । विद्रोही दमौली प्रायश: आफ्नै निर्णय लाद्न खोज्छ चाहे त्यो शिक्षा, स्वास्थ्य, बिकासको सवालमा होस् चाहे नेता छान्न होस्, चाहे कुनै संघसंस्थामा प्रतिनिधि छान्ने सवालमा होस् । दमौलीले भनेको जस्तो भएन भने दमौलीले बिद्रोह गर्छ । चाहे स्थानिय निकायको निर्वाचनमा आफु समर्थक पार्टीको उमेदवारलाई मत नहालेर गरेको विद्रोह होस् चाहे संघिय चुनावमा दमौलीलाई आफ्नो पकेट भोट बैक सम्झने उमेदवारलाई भोट नहालेर होस् , जति सुकै पावरवाला भएपनि दमौलीमा कानुन पालना गर्न दमौलीकैको साथ चाहिन्छ दमौलीलाई कसैले थोपर्न खोज्यो भने कहिलेकाहि महगों पर्न सक्दछ । धेरै मान्छेहरु दमौली विरुद्ध बोल्न भन्दा चुपचाप बसिदिन्छन् तर जतिले दमौली विरुद्ध बोल्न आँटेका छन् ति मध्ये धेरैले जितेका पनि छन् । जित र हारको सिलसिला चलिरहदा दमौलीलाई तिनपानेभन्दा बढि झ्याम्म तनहूँ उद्योग बाणिज्य संघको निर्वाचन लागेको छ ।
व्यापारीहरुको निर्वाचन भएको कारणले पैसासग जोडिएर हेरेपनि यो निर्वाचनसग प्रतिष्ठा पनि जोडिएको छ । हुन त यो निर्वाचनबाट ठुलो कार्यसमिति चयन भए पनि मुख्यपद अध्यक्षको भएकोले सबैले उक्त पदमा आफ्नो पक्षलाई जिताउन कम्मर कसेर लागेको सडकमा देख्न पाईन्छ ।
तनहूँ उद्योग बाणिज्य संघका हालका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, पूर्व महासचिव पविन्द्र कुमार श्रेष्ठ र पूर्व जिल्ला सदस्य अर्जुन अधिकारी (सागर उदास) मैदानमा भएपनि सबैको नजर मिश्र र श्रेष्ठतिर सोझिएको छ । तनहूँ उद्योग बाणिज्य संघमा नेपाली कांग्रेस समर्थक मतदाताहरुको बाहुल्यता रहेको छ । मिश्र र श्रेष्ठ दुवै जना नेपाली कांग्रेसकै समर्थक हुनुभएकोले बडो दोधाँसमा छ जनमत , दमौली विरुद्ध बोल्ने कि व्यापारीको हितमा बोल्ने भनेर । पार्टीले आधिकारिकरुपमा केहि नबोले पनि विभिन्न फोरम र सभाहरुमा एकजनालाई समर्थन गर्दा गर्दै बैकुण्ठनाथ मिश्रले ”आफु प्रथम उपाध्यक्ष भएको, अघिल्लो पटक पनि अग्रजहरुले तपाईकोे अध्यक्ष हुने पालो अर्को पटक भनेको हुनाले छोडेको ” बताउनुभएको छ भने लामो समयको अन्तरालपछि पुन निर्वाचनमा आएर पविन्द कुमार श्रेष्ठ्रले पनि ”आफु एकपटक अध्यक्षको पराजित घाईते उमेदवार भएकोले योपटक मौका दिनुपर्ने ” बताईरहदा दमौली भित्र भित्र विभाजित भईरहेको छ ।
कहिलेकाहि दमौलीले पार्टीले चुनेको प्रतिनिधिलाई थाङ्नामा सुताईदिएको ईतिहास छ । सुर्यनाथ खनालको पालामा होस् कि कृष्णराज पण्डितको पालामा होस् पार्टीले समर्थन गरेको व्यक्तिभन्दा बाहिरको व्यक्ति विजयी हुन पुगेको ईतिहास त्यति पुरानो पनि छैन शायद । फेरि हालसालै विभिन्न संघसंस्थामा भएका चुनावले पनि पार्टीको अघोषित ह्विप हैन आफ्नो विवेकको ह्विपलाई मान्ने संकेत सचेत मतदाताले देखाईसक्नु भएको छ । व्यापारीहरु आफैमा योग्य उमेदवार, व्यापारीको हितमा काम गर्न सक्ने उमेदवार छान्न सक्ने हुनुहुन्छ । होईन अब उद्योगी ‘‘व्यवसायीहरुको चुनाव हो हाम्रो पनि अलि अलि ईन्ट्रेरेष्ट भईहाल्छ नि ” भन्दै गर्दा व्यापारीको ईन्ट्रेरेष्ट ति संस्थाप्रति हराउला किनकी धुम्म तुवाँलोपछि हल्का बर्षा भए पनि धित मरुन्जेल पानी परेको छैन । सबैलाई थाहा दमौलीमा बैशाष ४ गते पर्ने हावाहुरी सहितको पानीले धेरैलाई बगाउने छ ।
सबैले मेरो गोरुँको बार्है टक्का भन्ने नसोचीकन सरसल्लाह गरेर सर्वसम्मति वा विधान संसोधन गरेर पद भागवण्डा लगाए त भईहाल्यो नि नत्र अध्यक्षको पदमा मात्र हैन अरु पदमा पनि योग्य व्यक्तिहरु मध्ये जो पछारिन्छ फेरि उद्योग बाणिज्य संघ तनहूँमा उदाँउन गारो गारो पर्ने देखिएको छ । अझै समय छ उमेदवारहरुले ”मेरो जित निश्चित छ ”नभनिकन हावाको बहावतिर ध्यान दिएर आफुलाई जोगाउन थाले राम्रो हुने किनकी सबैलाई थाहा छ आजकल दमौलीमा उल्टो हावा बगिरहेको छ थाहा छैन त्यो हावाले यसपटक उद्योग बाणिज्य संघको चुनावमा कस्लाई उडाउने हो ?








